नेपाल चलचित्र कलाकार संघको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न



काठमाडौँ। देवी दुर्गाले दानव महिषासुरमाथि विजय प्राप्त गरी धर्मको पुनर्स्थापना र रक्षाको लागि विजय प्राप्त गरेको सम्झनामा विजया दशमी पर्व मनाउने गरिएको छ। बडा दशैँ नेपालीहरुको सबै भन्दा ठुलो चाड हो। यो चाडमा लामो बिदा हुने गर्दछ। दशैँ सबैले आ आफ्नो गच्छे अनुसार खर्च गरेर मनाउने गर्दछन्। नेपाल चलचित्र कलाकार संघले बिगतका वर्षहरु जस्तै यस बर्ष पनि दशैको शुभकामना आदान प्रदान तथा टिका लागाउने कार्यक्रमको आयोजना गरेको छ।

अग्रजबाट दशैको टिका ग्रहण गर्ने र आशिर्वाद लिने परम्पराको निरन्तरताको लागी यो कार्यक्रम गरिएको कार्यक्रम संयोजक नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रबिन्द्र खड्काले बताए। बरिस्ट चलचित्रकर्मी यादव खरेल तथा नेपाल चलचित्र कलाकार संघका सल्लाहकार संघका पुर्व अध्यक्ष कृष्णमल्लले उपस्थित सम्पूर्णलाइ टिका लगाई दिए। कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका सल्लाहकार राज कुमार राई लगाएत थुप्रै संघ संस्थाका प्रतिनिधि तथा चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.