‘हात्तीछाप’को फस्टलुकमा ‘बोत्तल राजा’ सौगात



काठमाडौँ। चलचित्र ‘हात्तीछाप’को फस्टलुक हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको फस्टलुकमा चलचित्रका मुख्य कलाकार सौगात मल्ललाई मात्र स्थान दिइएको छ । सौगातलाई चलचित्रमा ‘बोत्तल राजा’को रुपमा चित्रित गरिएको छ ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा राजिव गुरुङ, पुष्कर बहादुर गुरुङ र अमलादेवी राईको लगानी छ । चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा प्रदीप भारद्धाजको लेखन, सुशन प्रजापतिको छायांकन, आर्ट मान्डुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रको प्रदर्शन माघ २६ बाट गर्ने निर्माणपक्षले घोषणा समेत गरेको छ ।

चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, बुद्दि तामाङ, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.