निर्देशक दिवाकरको ‘मायावी’ घोषणा



काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्र ‘मायावी को औपचारिक घोषणा गरेका छन् । निर्देशक भट्टराईले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ‘मायावी’को घोषणा गरेका हुन् । प्रेमकथामा बन्ने चलचित्रमा निर्देशक स्वयंको कथा रहनेछ । निर्देशक भट्टराईले प्रेमकथाको चलचित्रमा तीन ‘नायक’ र दुई ‘नायिका’ रहने बताए ।

चलचित्रका कलाकार र प्राविधिक चाँडै सार्वजनिक गरिने निर्देशक भट्टराईले जानकारी दिए । क्रिएटिभ सिने आर्टस्ले निर्माण गर्न लागेको चलचित्रमा एसडी योगीको संगीत, राम थापा अविरलको गीत रहनेछ । चलचित्र असोज २ गतेबाट फ्लोरमा जानेछ । भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘हनी बनि’ प्रदर्शन हुन बाँकी रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.