रेखा थापाको ‘उपहार’ मा एनप्लस प्रोफेसनल



काठमाडौं । रेखा थापाको निर्माणमा बन्न लागेको चलचित्र ‘उपहार’ मा भारतको चर्चित ब्राण्ड नन्दीनी हर्बलको उत्पादन ‘एनप्लस प्रोफेसनल’ ब्युटी प्रोड्क्ट्सले सहकार्य गर्ने भएको छ ।

सोमबार एनप्लस प्रोफेसनलका कन्ट्री मेनेजर पदम शर्मा, प्रोड्क्ट्सकी ब्राण्ड एम्बासडर बिना श्रेष्ठ र रेखा थापाबिच सहकार्य गर्ने सम्झौता भएको हो । ‘त्यसो त एनप्लस प्रोफेसनल महिला–पुरुष दुबैले प्रयोग गर्न सक्छन् । यद्यपी, ब्युटी प्रोड्क्ट्स भएकाले नारीप्रधान चलचित्रमा नै सहकार्य गर्न पाउँदा एकदमै खुसी लागेको छ’, एनप्लस प्रोफेसनलकी ब्राण्ड एम्बासडर तथा संचारकर्मी बिना श्रेष्ठ बताउँछिन् ।

रेखा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘उपहार’ लाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् । चलचित्रले ३ महिला पात्रको कथा बोल्छ जसका लागी नायिकाहरु रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल फाइनल भईसकेका छन् । नायकको रुपमा भने मुकुन भुषाल र ‘मिस्टर नेपाल’ समर्पण कार्कीले काम गर्दैछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.