‘दान्भी’को गीतमा कुन्साङसँग हट पूजा



काठमाडौँ। एक साता अगाडिदेखि छायांकन सुरु भएको चलचित्र ‘दान्भी’मा समावेश ‘तिमीलाई दिने मायाको खानी’ बोलको गीतको तस्वीर सार्वजनिक गरिएको छ । यो गीतको छायांकन सकेसँगै निर्माणपक्षले तस्वीरहरु सार्वजनिक गरेको हो । सार्वजनिक तस्वीरमा चलचित्रका मुख्य २ कलाकारहरु नायिका पूजा शर्मा र नायक कुन्साङ बोमजमलाई फिचरिङ गरिएको छ । सार्वजनिक तस्वीरमा पूजा र कुन्साङ रोमान्टिक देखिएका छन् ।

हरि बहादुर घलेको छायांकन रहेको यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । अर्जुन पोखरेलको संगीत रहेको यो गीतलाई छिट्टै सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । रुपेश तामाङको निर्देशनमा बनिरहेको यो चलचित्रमा रविना थापा मगरको कथा छ ।

चलचित्रलाई लभ स्टोरी र एक्सन कथामा निर्माण गर्ने निर्देशक रुपेशले जानकारी दिए । यो चलचित्रको काठमाडौंमा हाल एक्सनको छायांकन भैरहेको छ ।काठमाडौंमा एक्सन र दृश्य खिचेपछि बाँकी छायांकनका लागि दार्जिलिङ जाने तयारी निर्माणपक्षको छ । नायक कुन्साङ र नायिका पूजाले पहिलो पटक एकसाथ पर्दा शेयर गर्न लागेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.