आँचल शर्माले दिइन् साइबर ब्युरोमा उजुरी



काठमाडौँ। आफ्नो चरित्रमा आँच आउने ढंगले सामाजिक सञ्जालमा समाचारहरु पोस्ट गरिएको भन्दै अभिनेत्रीआँचल शर्माले दुई फेसबुक एकाउन्टविरुद्ध उजुरी दिएकी छन् । शनिवार बेलुकी साइबर ब्युरो पुगेकी शर्माले ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी कारबाही गर्न आग्रह गर्दै निवेदन दिएकी हुन् । आफ्नो अनुमतिबिना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कारबाही गरी पाऊँ’ भनी आँचलको निवेदनमा ‘ उल्लेख गरिएको छ । उनले निवेदनसँगै फेसबुकमा पोस्ट भएका भिडियो, अडियो, तस्बिर, र अक्षरका स्क्रिन सट पनि पेश गरेकी छन् । यसबीच उनीमाथि अर्को विवादको बिषयपनि थपिएको छ । अभिनेता दयाहाङ राइलाई पनि नकरात्मक टिप्पणी गर्दै अन्तर्वार्ता दिएको भन्दै सामाजिक संजालमा आईरहेका छन् । यता, यसैबीच अभिनेता दयाहाङ राईले उनको विवादको बिषयमा एक स्टाटस गर्दै तथ्य नबुझी कुनै कलाकारलाई पनि गाली गलौज नगर्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्
”अभिनेत्री आँचल शर्माले दयाहाङ राईलाई त्यसले मात्रै मन पराउछ जो अशिक्षित र मुर्ख छ भन्दै अन्तर्वार्ता दिएको भन्दै सामाजिक संजालमा राखिएको पोस्टमा मेरो गम्भीर ध्यानकर्षण भएको छ । आचलले अहिलेसम्म आफ्नो बारेमा यस्तो बोलेको मैले सुनेकै छैन । एउटा कलाकारले गर्दै नगरेको कुरा गर्यो भन्नु र बुझ्दै नबुझी गालि गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होईनन्न । त्यसैले सत्य तथ्य नबुझी आचल वा जोसुकै कलाकारलाई पनि गालि गलौच नगर्न र त्यस्ता भ्रमपूर्ण सामाग्री प्रसारण नगर्नुहुन सबैमा अनुरोध गर्दछु।”

केहि दिन अघि मात्रै आईसीसी डिजाइनर रनवे १२ को अडिसन कार्यक्रममा एक प्रतियोगीलाई लक्षित गर्दै ‘उसले केही खाँदैन कि क्या हो’ कुपोषण भएजस्तो देखिएको छ जस्ता वाक्याम्स प्रयोग गरेकी थिईन् । आयोजकले उक्क्त कार्यक्रम इन्स्टाग्राममा लाइभ गरिरहेको हुँदा आँचलले प्रतिक्रिया दिएको उक्त विवादित भिडियो त्यहिबखत बाहिरियो । उनि जस्तो स्थापित एक कलाकारले बडी सेमिंग गरेको मर्यादित नभएको भन्दै चर्को आलाचोना पनि भैरहेको छ । उनको यस्तो अभिव्यक्तिले व्यक्तिमा गम्भीर मानसिक समस्या निम्त्याउन सक्ने टिप्पणी भईरहेको छ । साथै जुन युवकको बिषयमा उनले बोलेकी थिइन् उनी युवकले पनि सामाजिक संजालमा लामो स्टाटस लेखेर दुखेसो पोखेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.