चलचित्र ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक



काठमाडौँ। कृषा चौलागाईको डेव्यु निर्देशकिय चलचित्र ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक गरिएको छ । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको शुक्रबार इन्टरनेटमा टिजर रिलिज गरिएको हो ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको चलचित्रमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनयराज पौडेलको मुख्य सहायक निर्देशन र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.