अभिनेता श्रेष्ठ र अभिनेत्री निरौलालाई रजत सम्मान, गिरीलाई पत्रकारिता पुरस्कार



काठमाडौँ। अभिनेता अर्जुन श्रेष्ठ र अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलालाई छायाँछबी रजत सम्मान अर्पण गरिने भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुने डि सिने अवार्ड २०७६÷०७७मा श्रेष्ठ र निरौलालाई उक्त सम्मान अर्पण गर्न लागिएको अवार्डका अध्यक्ष शान्तिप्रियले जानकारी दिएका छन् । अवार्ड समारोह असार १८ गते रसियन कल्चर सेन्टरमा आयोजना हुँदैछ ।

सन् १९९१ को चलचित्र ‘सम्पत्ति’ बाट नेपाली चलचित्रमा अभिनय यात्रा शुरु गरेका श्रेष्ठले तीस भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । यस्तै विभिन्न रेडियो तथा टेलिभिजन कार्यक्रमहरुमा काम गरेपछि सन् १९९८ मा प्रदर्शन भएको चलचित्र ‘गाउँले’ (प्रदर्शनका हिसाबले सन् १९९७ को चलचित्र नासो)बाट यस क्षेत्रमा प्रवेश गरेकी निरौलाले दुई दर्जन भन्दा बढी चलचित्रमा अभिनय गर्नुका साथै चलचित्र ‘छक्का पञ्जा’ का बहुचर्चित ३ वटा सिरिजलाई निर्देशन समेत गरिसकेकी छन् ।

यस्तै छायाँछबी चलचित्र पत्रकारिता पुरस्कारबाट चलचित्र पत्रकार कुबेर गिरीलाई पुरस्कृत गरिने भएको छ । बि.सं. २०५८ सालमा प्रभातकालिन दैनिकबाट पत्रकारिता शुरु गरेका गिरी निरन्तर रुपमा चलचित्र पत्रकारितामा सक्रिय छन् । चलचित्र पत्रकार संघ, नेपालको उपाध्यक्ष समेत रहेका गिरी रातोपाटी डटकममा आवद्ध छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.