‘वेलकम टु हेम्जाकोट’ जेठ २६ मा



काठमाडौँ। क्लोजप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रदर्शन मिति घोषणा गरिएको छ । अब यो चलचित्र यहि जेठ २६ मा देशव्यापी प्रदर्शनमा आउनेछ ।

निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको हो । यस अघि २०७९ को तिहारको छेकोमा प्रदर्शनमा ल्याउने तयारी थियो, तर प्राविधिक कारण प्रदर्शन मिति पर सारिएको थियो ।

तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको सिनेमा सरोज पौडेलको लेखन तथानिर्देशनमा तयार भएको हो । बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशालपहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामा लगायतकाकलाकारको अभिनय देख्न सकिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.