राष्ट्र प्रेम बोकेको चलचित्र ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक



काठमाडौं । राष्ट्रभक्तीको कथा उठान गरेको चलचित्र ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले नयाँ बर्ष २०८० को अबसरमा शनिबार चलचित्रको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा चलचित्रका प्रमुख कलाकार फिचर्ड छन् । अभिनेता तथा निर्देशक नवल खड्कासँगै अभिनेत्री सुरविना कार्की, गौरव पहारी, रेविका गुरुङ, प्रशान्त यादव, मुरलिधरन, प्रेम सुब्बा, सञ्जल खतिवडा, रोमियान लिम्बु, पुष्पा श्रेष्ठ, रवी शाह लगायत चलचित्रमा प्रमुख भुमिका रहेका छन् ।

सार्वजनिक गीतमा राजेशपायल राई, सत्यकला राई र जे पापीको आवाज रहेको छ भने संगीत मणी थापाको रहँदा शब्द मिलन कान्छा किराँतीले लेखेका हुन् । यो फिल्मको कथा नवल खड्काको नै हो । कार्यकारी निर्मातामा सत्यकला राई छन् ।

चलचित्र सौरभ लामाले खिचेका हुन् भने सम्पादन बन्देप्रसाद र तारा थापा ‘किम्भे’को रहेको छ । चलचित्रको प्रदर्शन मिति भने निर्माण टिमले सार्वजनिक गरेको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.