‘नम्बरी सुन’ फर्स्टलुक पोस्टर सार्वजनिक


काठमाडौँ। राजु गिरीको निर्देशनमा बनेको चलचित्र ‘नम्बरी सुन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। नयाँ बर्षको अवसर पारेर चलचित्रको फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन् । आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको छ।

चलचित्रमा गौरव पहारी, नम्रता सापकोटाको अलावा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी,लगायत कलाकारको अभिनय रहेको छ । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा शिवम अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । चलचित्र सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर निर्माण गरेका हुन् ।

चलचित्रमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशन, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहेको छ। बिनोद भुजेलको ब्याकग्राउन्ड स्कोर मनोरञ्जन श्रेष्ठको कलर करेक्सन रहेको छ। चलचित्रलाई काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.