‘नीरफूल’ जेठ १९ गते बाट प्रदर्शनमा आउने



काठमाडौं। कोरोना महामारीको कारण तीनबर्ष अघि प्रदर्शन रोकिएको चलचित्र ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिन अघि मात्रै कोरोना महामारीको कारण सम्पुर्ण फिल्महलहरु बन्द गरेपछि ‘नीरफूल’को प्रदर्शन रोकिएको थियो ।

भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्र फूलमान वलले निर्देशन गरेका हुन् । रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् भने म्यानमारका तत्कालीन राजदुत ऊ लिउन उ र अभिनेत्री रेखा थापालाई विशेष भुमिकामा देख्न सकिन्छ ।

‘भुकम्पपछिको भौतिक पुनर्निमाणतिर त सबैको ध्यानको गयो, तर भत्किएका मन र भत्किएका सम्बन्धहरुको पुनर्निमाणतिर कसैको ध्यान गएन’, फिल्मको कथाबस्तूबारे निर्देशक वलले भने, ‘नीरफूलले तिनै भत्किएका मन र सम्बन्धहरुको पुनर्निमाणको कथा भन्छ ।’

चलचित्रको निर्माणमा सहकार्यको मोडल अपनाइएको वलले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम हुन् । निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, अजितमान तामाङ, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.