मगर कथानक चलचित्र ‘उखान’ को ‘ट्रेलर सार्वजनिक



काठमाडौँ। मगर कथानक चलचित्र ‘उखान’ को ट्रेलर सार्वजनिक गरिएको छ । विशेष गरि भाषा, संस्कृती, भेषभुषा कसरी लोप भयो भन्ने कुरा समेट्दै चलचित्रले साली भेनाको अधुरो प्रेम, जारी उठाउने चलन, साथमा कमेडी लगायत संगै सन्देश मुलक चलचित्र बनेको निर्देशक प्रकाश मगरको भनाई रहेको छ।

चलचित्रमा कलाकार खड्ग बहादुर पुन (खबपु), प्रकाश कुमार दर्लामी, रिमा काउचा मगर, काजिमान पुलामी, धनमाया सोति मगर, हेमा पुन मगर, बलबिक्रम थापा, सावित्री रानामगर, मेक आले, शंकर सुनुवार, दीपक योगी, लक्ष्मी श्रेष्ठ र बाल कलाकारमा नम्रता पुन मगरको मुख्य अभिनय रहेको छ।

एक्सन फिल्मसको ब्यानरमा बनेको चलचित्रमा कथा, पटकथा र निर्देशन प्रकाश कुमार दर्लामी, निर्माता टेक बहादुर अस्तानी, सह-निर्माता सुनिता आले र टीका मगर, कार्यकारी निर्माता मेक आले, छायांकन सुजन श्रेष्ठ, मेकअप सन्ध्या पुन र सम्पादन युबराज खत्रीले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.