वलीको निर्देशनमा बन्ने चलचित्र ‘कामिनो’मा नीति शाह अनुबन्धित



काठमाडौँ। दीपक वलीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘कामिनो’मा नीति शाह अनुबन्धित भएकी छन्। चलचित्रको मुख्य भूमिकाका लागी उनि अनुबन्धित भएको निर्देशक वलीले जानकारी दिए। चलचित्रमा उनी अभिनेता प्रदीप खड्काको जोडीको रुपमा देखिने निर्देशक वलीले बताए ।

मोडल नीति यस अगाडि चलचित्र ‘हुतुतु’ र ‘एक्स ९’मा जोडिए पनि चलचित्र छायांकन नभएकोले अभिनय अवसर नपाएकी उनले ‘कामिनो’ मार्फत डेब्यु गर्न लागेकी हुन् । चलचित्रको लागि केही अगाडी अभिनेत्री वर्षा सिवाकोटी भित्रिएकी थिइन् ।

चलचित्र जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामाथि बन्न लागेको हो । एक्सेस नेपाल फिल्मस्को निर्माण रहने चलचित्रको नेपालका साथै ल्याटिन अमेरिकाको विभिन्न स्थानमा छायांकन हुनेछ । फिल्म प्रेम, रोमान्स र सस्पेन्सयुक्त रहने निर्देशक वलीले बताए ।

सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, रहने ‘कामिनो’ को दिनेश प्रकाश महरा प्रोडक्शन डिजाइनमा छन् । आगामी चैत्र तेश्रो साताबाट छायांकन सुरु हुने फिल्म नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा रिलिज हुनेछ । स्पेनिस भाषामा ‘कामिनो’ को अर्थ बाटो हुन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.