‘फूलबारी’टिम प्रोमोसनल टुरमा



काठमाडौं । आगामी फागुन ५ गतेबाट रिलिज हुने चलचित्र ‘फूलबारी’ले ५ सहरमा प्रमोसन अभियान सुरु गरेको छ । फिल्मले कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिट जस्ता प्रमोसन कार्यक्रम शुरु गरेको हो ।

फिल्म प्रमोसन कार्यक्रमको आयोजक तथा व्यस्थापक पीभीइ नेटवर्कका अनुसार गत शुक्रबारदेखि बुटवलबाट सुरु प्रमोसन माघ २१ गतेसम्म चल्नेछ । यो समयावधिमा फिल्म युनिट पोखरा, चितवन, इटहरी र बिर्तामोडसम्म पुग्नेछन् । टिममा प्रियंका कार्की, विपिन कार्की, शिल्पा मास्के, संगीतकार तथा गायक कालीप्रसाद बासकोटालगायत छन् ।

गत शुक्रबार फिल्म युनिटले बुटवलको मणि मुकुन्द कलेज, सिद्धार्थ गौतम कलेज, न्यू होराइजोन र कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलमा फिल्मको प्रमोसन गरेको थियो । कलाकारलाई कलेजका विद्यार्थीलाई फिल्मका गीतका तथा गायक कालीप्रसाद बासकोटाले गाएको फिल्मको गीत ‘माया रहेछ र’ गाएर स्वागत गरेका थिए ।

कलेज र सार्वजनिक स्थानमा कार्यक्रमको कार्यक्रममा पाँच हजार बढी दर्शकको उपस्थित थियो । मिट एण्ड ग्रिट चाहिँ द कन्सेप्ट बारमा गरिएको थियो । लामो समयपछि यो बार दर्शकले भरिएको थियो । फिल्म युनिटले आइतबार पोखरा, मंगलबार चितवन, बिहीबार इटहरी र शुक्रबार बिर्तामोडमा कार्यक्रम गर्दैछ ।

फिल्मका निर्माता मनीष ढकालका अनुसार निश्चित सहरको उच्च जनसंख्याका आधारमा कलेज गन्तव्य चयन गरिनेछ । ‘नेपाली फिल्मको इतिहासमा पहिलोपटक ठूलो संख्यामा कलाकारलाई प्रचारप्रसार अभियानमा सहभागी गराउँदै प्रमोसनलाई सामाजिक सञ्जालबाट सार्वजनिक गर्नेछौं । फिल्मले पब्लिक इभेन्ट अन्तर्गत मुख्य बजारको सडक छेउमा दैनिक रुपमा मानिसहरुको भीड हुने स्थानमा कार्यक्रम गरिनेछ’, निर्माता ढकाले भने, ‘त्यहाँ स्टेज निर्माण गरी फिल्मसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिनेछ । यो कार्यक्रममा क्षेत्रीय प्रवद्र्धक र विभिन्न सरोकारवाला निकायको सहभागिता हुनेछ । सार्वजनिक कार्यक्रमको सुरुवात सोलो एकस्टिकबाट गरिनेछ । त्यसपछि फिल्मका कलाकारको स्वागत, फोटो सेसन र जीवन तथा फिल्मसँग सम्बन्धित प्रेरक कुराकानी हुनेछन् ।’

व्यवस्थापक पीभीइले दैनिक जीवनमा देखिरहेका कार्यक्रमभन्दा मिट एण्ड ग्रिटमा ‘फूलबारी’ टिम फरक रुपमा प्रस्तुत भई नेपाली फिल्म उद्योगका लागि नयाँ मानक स्थापित गर्ने दाबी गरेको छ । यसमा कलाकारले दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, मनीष ढकाल र शिल्पा मास्केलगायतको अभिनय छ । फिल्मले कसरी पुस्ता अन्तरले परिवारका सदस्यबीच समस्या सिर्जना गर्छ भन्ने देखाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.