‘महापुरुष’ टिम संग दाङमा साक्षात्कार



शिव पुन ,दाङ। निर्देशक प्रदीप भट्टराईले चलचित्र ‘महापुरुष’ को सफलताले आफूमाथी थप चुनौती थपिएको बताएका छन्। चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले बुधबार ‘महापुरुष’ टिमसंग आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै निर्देशक भट्टराईले ´मैले निर्देशन गरेको चौथो चलचित्र ‘महापुरुष’ लाई दर्शकले समिक्षात्मक र व्यवसायिक दुबै तरिकाबाट सफल बनाइदिनुभयो,यसका लागि सम्पूर्ण भगवानरुपि दर्शकलाई नमन अनि धन्यवाद दिन चाहन्छु। साथै दर्शकले मबाट आगामी दिनमा यो भन्दा अझ उत्कृष्ट सिनेमाको अपेक्षा राख्नु भएको छ,दर्शकको त्यो चाहना मैले मेट्नु सक्नुपर्छ त्यो नै मेरो आगामी चुनौती हो,उनले भने।`

चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखा अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै निर्देशक भट्टराईले नायक अरुण क्षेत्रीको कामको तारिफ गरे । उनले ´अरुणको महापुरुष‘’ डेब्यु चलचित्र भएपनी सशक्त अभिनय मार्फत दर्शकको मन जित्न सफल भएको र आफूलाई अपकमिङ स्टारको रुपमा उभ्याउन सफल भएको साथै अरुण क्षेत्री नेपाली सिनेमा क्षेत्रको लामो रेसको घोडा बन्नेमा कुनै शङ्का नभएको दाबी गरे।`

काठमाडौं उपत्यकाका दर्शकसँग भेटेर प्रतिक्रिया लिएको टिम बुधबार मोफसलका दर्शकलाई भेट्न र चलचित्र सफलताको खुशी दर्शकसंग साट्न नायक अरुण क्षेत्रीको गृहजिल्ला दाङ आइपुगेको थियो। गृहजिल्लामा अरुण सहितको ‘महापुरुष’ टिमलाई दाङबासी भव्य स्वागत एवं सम्मान गरेका छन्।

कार्यक्रममा बोल्दै चलचित्रका कार्यकारी निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अन्जना बराईलीले आम दर्शक,चलचित्रकर्मी तथा चलचित्र पत्रकारलाई धन्यवाद र आगामी दिनमा पनि साथ र सहयोग गर्न आग्रह गरेका छन् ।

चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाका संस्थापक उपाध्यक्ष चेतन रेग्मीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सी.,रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी,कलाकार कमल गाउँले लगाएतले चलचित्रले उठाएको विषय गहन र कलाकारको अभिनय सशक्त भएकाले चलचित्र उत्कृष्ट बनेको भनाइ राखेका थिए। कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष सन्तोष के.सी.ले गरेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.