अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ



काठमाडौं। अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । श्वेताले मंगलबार अपरान्ह ग्राण्डी सिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । उनले शल्यक्रियाको माध्यमबाट छोरीलाई जन्म दिएकी हुन् । पारिवारिक स्रोतका अनुसार यतिबेला आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।

श्वेताले २०७७ सालको मंसिर २२ मा धनगढीका विजयेन्द्र सिंह राउतसंग दोश्रो विवाह गरेकी थिइन् । गर्भवती भएपछी मिडियामा नदेखिएकी श्वेताले दशैँ अगाडी आयोजित एक कार्यक्रममा मिडियासंग साक्षात्कार गरेकी थिइन् । चार वर्ष अगाडी रिलिज ‘कान्छी’पछि श्वेता सिनेमामा फर्किएकी छैनन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.