एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘महापुरुष’ हेर्ने इच्छा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा अभिनेता श्रेष्ठको तस्वीर सेयर गर्दै ओलीले बाँचुञ्जेल अभिनय गर्ने सदीक्षा पूरा होस् भन्ने कामना समेत गरेका छन् । ‘मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा जागेको छ । चलचित्र महापुरुषको भव्य सफलताको कामना व्यक्त गर्दछु,’ ओलीले भनेका छन् ।

मदनकृष्णले यसैसाता केही मिडियासँग कुरा गर्दै आफूलाई बाँचुञ्जेल अभिनय गर्ने इच्छा रहेको बताएका थिए । महजोडीको पछिल्लो चलचित्र ‘महापुरुष’ कात्तिक ११ गते प्रदर्शन तयारीमा छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.