६१ वटा गीतलाइ पछि पार्दै भुषणले जिते ५० हजार



काठमाडौँ। रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्म ‘२ नम्बरी’ असोजको २१ गतेबाट प्रदर्शन हुँदैछ । यो फिल्मको शिर्ष गीतका लागि यसको निर्माण पक्षले केही साता अगाडि प्रतियोगीता नै राखेको थियो ।

शिर्ष गीतका लागि ६१ वटा गीत प्राप्त भएको निर्माणपक्षले जनाएको छ । जसमध्ये, भूषण खतिवडाले फिल्मको उत्कृष्ट शिर्ष गीत लेखेका छन् । भूषणको यो गीत फिल्ममा प्रयोग हुनेछ । साथमा उनले ५० हजार नगद पुरस्कार समेत जितेका छन् । अब, फिल्मको शिर्ष गीतमा उनकै शब्द, संगीत र स्वर रहने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।

दीपक मनाङ्गे, अमलादेवि राई र जयश श्रेष्ठको लगानी रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्ममा दीपेन्द्र लामाको कथा तथा निर्देशन छ । यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मको टिजर र एउटा गीत सार्वजनिक भैसकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.