साम्राज्ञीको ‘लण्डन टू पेरिस’ फागुन ५ मा



काठमाडौँ। अभिनेत्री साम्राज्ञी आरएल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘लण्डन टू पेरिस’ ५ फागुनमा प्रदर्शन हुने भएको छ । निर्देशक घनश्याम लामिछानेका अनुसार गत महिना लण्डन र पेरिसमा छायांकन भएको चलचित्र फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदाको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो ।

साम्राज्ञीको अलवा चलचित्रमा गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ। चलचित्र ट्राभल लभ स्टोरीको कथामा निर्माण भएको हो । चलचित्रमा साम्राज्ञीको जोडी निश्चलसँग बाँधिएको छ ।

लण्डनको कम्पनी एबी इन्टरनेशनलको ब्यानरमा निर्मित ‘लण्डन टू पेरिस’को कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। अमित बस्नेत, अजितकुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरे निर्माता रहेको चलचित्रको सह निर्मातामा अजित सिंह हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.