प्रदर्शनमा छुल्ठिमको ‘शिवानी’



काठमाडौँ। खड्का फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘शिवानी’ यो शुक्रवार अर्थात भाद्र ३१ गतेबाट देशभर सार्वजनिक प्रदर्शनमा आउने छ।
सामाजीक कथा बस्तुमा बनेको चलचित्रमा उत्तम बिस्ट,छुल्ठिम गुरुङ,पुर्णिमा लामा,निर्मल शर्मा,प्रसान्त कुमार यादव,उपेन्द्र प्रसाद खड्का,सोनु पौडेल,शिवानी खड्का,गोबिन्द शाह,बिजय सिंह,कौशल किशोर शाह,राजेश लाल,मन मगर र बिरेन्द्र शाह लगायतका कलाकारको अभिनय रहेको छ।

व्रोनीत बि मिजारको स्क्रिन प्ले रहेको चलचित्रमा बाबुल गिरीको संगीत,सुरेश पाण्डेको कोरियोग्राफी,सुर्य थोकरको द्वन्द रहेको छ। सुमन खत्री र दावा शेर्पा कार्यकारी निर्माता रहेको चलचित्रको केहि समय अघि ट्रेलर सार्वजनिक भई सकेको छ। सुक बहादुर तामाङ,सुनिल माथेमा प्रधान,अन्जु खड्गी,दिनेश कुमार राय,ग्याल्बो पाख्रिन,दीपक मान श्रेष्ठले मिलेर निर्माण गरेको चलचित्रको निर्देशन तथा सम्पादन उपेन्द्र प्रसाद खड्काले गरेका हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.