‘माईकल अधिकारी’को राजधानीमा प्रिमियर



काठमाडौं । भोलि (शुक्रबार)देखि प्रदर्शनमा आउने सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘माइकल अधिकारी’को राजधानीमा प्रिमियर गरिएको छ । सार्वजनिक प्रदर्शनको २ दिनअघि बुधवार बेलुका गोपीकृष्ण सिनेमा हलको २ पर्दामा चलचित्रको प्रिमियर गरिएको हो ।

प्रिमियरमा चलचित्रकर्मीदेखि राजनीतिज्ञसम्मले सेरोगेसीको कथामा निर्माण भएको ‘माइकल अधिकारी’ हेरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेदेखि अभिनेत्री रेखा थापा, गीतकार एवं चिकित्सक डा. भोला रिजाल, अभिनेता शिव श्रेष्ठ, रमेश उप्रेती, गायक आनन्द कार्की, गायक एवं संगीतकार चेतन सापकोटा लगायत गोपीकृष्ण सिनेमा हल चाबहिल पुगेर चलचित्र हेरेका थिए ।

रञ्जित रौनियारको निर्देशनमा तयार भएको चलचित्रको प्रिमियरमा सौगात र सृष्टिका अन्य कलाकारहरू लुनिभा तुलाधर, एनी कुवँर लगायत उपस्थित थिए । चलचित्रमा सृष्टिले ‘सेरोगेट मदर’को भूमिका निर्वाह गरेकी छन् ।

चलचित्र हेरिसकेपछि उपस्थित अतिथिहरूले ‘माइकल अधिकारी’मा नयाँ कथावस्तु पाएको भन्दै फरक खालको चलचित्र हेर्न पाउँदा खुशी लागेको बताए । चलचित्रको कथा, प्रस्तुती र कलाकारहरुको अभिनयलाई सबैले खुलेर प्रशंसा गरे ।
गोपीकृष्ण मुभिज प्रोडक्सनको ब्यानरमा उद्धव पौडेलको प्रस्तुति रहेको चलचित्रलाई निरक पौडेलले निर्माण गरेका हुन् । ‘रोज’ निर्माणको केही वर्षपछि गोपीकृष्ण मुभिजले ‘माइकल अधिकारी’को निर्माण गरेको हो । कमेडी र सामाजिक विषयवस्तुमा चलचित्र निर्माण भएको हो ।

शुक्रवार कृष्ण जन्माष्टमीको अवसर पारेर योसँगै अन्य २ नेपाली चलचित्र ‘कृष्णलीला’ र ‘प्रेमगञ्ज’ पनि प्रदर्शनमा आउँदैछन् । चलचित्र ‘प्रेमगञ्ज’को मंगलबार बेलुका प्रिमियर शो राखिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.