‘सरी मम’ र नेपाल जेसीज बीच सहकार्य



काठमाडौँ। चलचित्र ‘सरी मम’ लाई नेपाल जेसीजले साथ दिने भएको छ । एन.एफ.आई क्रियसन प्रा.लिले निर्माण गरेको जनचेतना मुलक चलचित्र ‘सरी मम’ लाई
नेपाल जेसीजले साथ दिने भएको हो । लागुऔषध बिरुद्वको अभियानको रुपमा चलचित्र ‘सरी मम’ लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रदर्शन गर्नका लागी नेपाल जेसीजले समन्वय गर्ने भएको हो।

नेपाल जेसीजको देश भरी रहेका १७४ शाखाहरुलाई लागुऔषध बिरुद्वको अभियानको रुपमा चलचित्रलाई जोडेर लानको लागी संचार गर्नेछ । सामाजिक कथावस्तुमा निर्माण गरिएको चलचित्र लागुऔषधको कुलतको बिषयमा जनचेतना जगाउने उदेश्यले निर्माण गरिएको हो ।

प्राबिधिक विनोद लामा कार्यकारी निर्माता रहेको चलचित्रको कथा लामाले नै लेखेका हुन्। चलचित्रमा सरिता र प्रभातका अलवा सरोज खनाल, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कँडेलको अभिनय रहेको छ ।

नविन बोगटीको निर्देशनमा बनेको चलचित्रको छायाँकन दीर्घ गुरुङले गरेका हुन् भने प्रितम पाण्डेयले सम्पादन गरि रहेका छन् । सेन खेमराज अधिकारी र रोजिता तामाङले निर्माण गरेको चलचित्रको लेखक आयुष बुढाथोकी र सरोज पौडेल हुन्। चलचित्रको बिसेष प्रदर्शन गर्ने र सामाजीक जनचेतनाको अभियान चलाउने कार्यकारी निर्माता विनोद लामाले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.