सुशिलले दिए बोर्ड अध्यक्षका लागि आवेदन



काठमाडौँ। निर्माता सुशिल पोखरेलले चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि आवेदन दिएका छन् । शुक्रबार संचार तथा सुचना प्रविधि मन्त्रालयमा पुगेर उनले बोर्ड अध्यक्षको आवेदन दिएका हुन् ।

निर्माता संघका कोषाध्यक्ष समेत रहेका पोखरेलले बोर्ड अध्यक्ष बन्नका लागि आफू सबै कोणबाट योग्य भएकाले उम्मेदवारी दिएको बताएका छन् । उनले, सरकारले विश्वास गरेको खण्डमा नेपाली फिल्म क्षेत्रमा सबैले देख्ने गरि विकास गर्ने दाबी उनको छ ।

निर्माता पोखरेलले यसअघि बोर्ड अध्यक्ष बनेकाहरुले काम गरेपनि त्यो फिल्म क्षेत्रको विकास र विस्तारका लागि पर्याप्त नभएको पनि बताएका छन् । बोर्ड अध्यक्षमा फिल्मीकर्मी संझना रौनियार उप्रेती,नरेश पौडेल,सुष्मा कार्की,मनिष पण्डित र अरुण प्रधानले पनि उम्मेदवारी दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.