बसन्तको ‘रेलिमै…’लाई २० लाख दर्शक, रुचाए दाईजो प्रथाको पीडा बोलेको गीत



काठमाडौं । बसन्त विश्वकर्माको नयाँ गीत ‘रेलिमै…’लाई स्रोता एवं दर्शकले रुचाएका छन् । बसन्त र शान्तीश्री परियारको स्वर रहेको गीतले सुरुवातका दिनमा भने खासै भ्युज पाएको थिएन् । मिठासपूर्ण अडियो र भिडियोमा उठाईएको दाईजो प्रथाको विषयवस्तुलाई स्रोता दर्शकले रुचाएसँगै भ्युज बढ्दै गएको हो । सार्वजनिक भएको दुई साता बढी हुँदा गीतलाई २० लाख बढी दर्शकले हेरेका छन् । अधिकांशले निकै राम्रो प्रतिक्रिया दिएका छन् ।
बसन्तकै शब्द रहेको गीतमा प्रकाश दूतराजको संगीत, कृष्ण भान्जाको एरेन्ज छ ।

मौसम हिमालीको निर्देशन रहेको भिडियोमा दाईजो प्रथाको पीडालाई प्रस्तुत गरिएको छ । गीतको अडियो त मिठासपूर्ण छ नै भिडियो सन्देशमूलक बनाईएको छ । टिकटकमा समेत गीत हिट छ । गीतलाई स्रोता दर्शकले मौलिक, मार्मिक र सन्देशमूलक रहेको बताएका छन् ।

उसो त सर्जक एवं गायक बसन्तले फरक खालका सिर्जनाहरु ल्याउँदै आएका छन् । यसपटक पनि उनले फरक सिर्जना ‘रेलिमै…’ ल्याएका हुन् ।

गीतको भिडियोमा बसन्त स्वयंमका साथमा मोडल उषा उप्रेतीले अभिनय गरेकी छिन् । दुर्गा पौडेलको छायांकन रहेको उक्त गितको भिडियो नवीन घर्ती मगरको सम्पादन एवं कलरपछि सार्वजनिक भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.