नीताको ‘ह्रस्व दीर्घ’ ‘रामोजी फिल्म सिटी’मा छायांकन हुने



काठमाडौँ। अभिनेत्री नीता ढुङ्गानाको नीजि कम्पनि नीता फिल्मस्को तर्फबाट निर्माण हुन लागेको नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ भारतको ‘रामोजी फिल्म सिटी’मा छायांकन हुने भएको छ । उक्त फिल्मका लिड अभिनेता हरिहर अधिकारीले समाचारको पुष्टी गरेका छन् ।

हालै फिल्म निर्माण कम्पनि र फिल्म स्टुडियोबीच सम्झौता भएको हरिहरले बताए । संसारकै सर्वाधिक ठुलो फिल्म सिटीको रुपमा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको ‘रामोजी फिल्म सिटी हैदरावाद’मा पहिलो पटक नेपाली फिल्मको छायांकन हुन लागेको हो । वलिउड तथा दक्षिण भारका अधिकांश फिल्महरु उक्त स्टुडियोमा छायांकन हुँदै आएका छन् ।

नीता ढुङ्गाना र हरिहर अधिकारी मुख्य अभिनयमा रहने फिल्ममा भारतका चर्चित कलाकारहरु समेत अभिनय गर्ने पक्का भइसकेको छ । फिल्ममा ‘गजनी’ भिलेन प्रदीपराजसहित दक्षिण भारतीय फिल्मका चर्चाका कलाकारहरु अभिनयमा रहनेछन् । फिल्मका सबै कलाकार को-को रहने निर्माण टिमले खुलाएको छैन । मूहर्त पहिले सम्पुर्ण ‘कास्ट एण्ड क्रू’बारे जानकारी गराइसक्ने नीता फिल्मस् ले बताएको छ ।

यसैबीच चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्मको प्रतिलिपि अधिकार निर्माण कम्पनिले आफ्नो पक्षमा पारेको छ । पछिल्लो क्रममा नेपाली फिल्म पाइरेसीदेखि स्टोरी जुध्नेगरि सोहि प्रकृतिका कन्टेन्टहरु अन्य कम्पनि र फिल्महरुदेखि सोसियल मिडियासम्ममा प्रयोग हुने क्रम बढेकोले फिल्मको नाम र स्कृप्टको प्रतिलिपि अधिकार दर्ता गरि अन्य कसैले ‘ह्रस्व दीर्घ’मा समेटिएका कुनै पनि कथा, संवाद र प्लट (कन्टेन्ट) प्रयोग गर्न नपाउने गरि प्रतिलिपि रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको बताइएको छ ।

फिल्म श्रावण महिनामा फ्लोरमा जानेछ । हाल स्कृप्टलाई अन्तिम रुप दिने काम चलिरहेको निर्माण टिमले बताएको छ । यो फिल्मलाई बलिउडका दर्जनौं सफल फिल्म खिचिसकेका छायांकार कविरलालले खिच्नेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.