अभिनेत्री करिश्मा र बेनिशाले गरे ‘डि एच सी’को सार्वजनिकी करण



काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरले आफुले सुन्दरताको लागि गुणस्तयुक्त कस्मेटिकमा कहिल्यै पनि सम्झौता नगर्ने बताएकी छिन् । बाल्यकाल देखि नै आफु कस्मेटिक प्रति निकै सजक भएको उनको कथन छ । बिहिबार काठमाडौंमा एक समारोहबीच जापानको अन्तराष्ट्रिय उत्पादन व्युटी कस्मेटिक ‘डि एच सी’को स्किन सम्बन्धि विभिन्न २१ वटा उत्पादन सार्वजनिक गर्दै अभिनेत्री करिश्माले यस्तो भनाई राखेकी हुन् ।

हलिउडका कलाकारहरुले महत्वका साथ प्रयोग गर्दै आएको यो उत्पादन नेपालमा भित्रिएकोमा अभिनेत्री करिश्माले खुसी व्यक्त गरिन् । कार्यक्रममा अभिनेत्रीहरु करिश्मा मानन्धर, बेनिशा हमाल, गायिका तृष्णा गुरुङ, मोडल उषा उप्रेती, हिमान्चल ट्रेडिङका अध्यक्ष नारायण प्रसाद न्यौपाने, प्रवन्ध निर्देशक सुजन न्यौपाने, डि एच सीका नेपाल सेल्स म्यानेजर कमल भारतीले डि एच सीका २१ वटा उत्पादनको सँयुक्त सार्वजनिकी करण गरे ।

Copyright © 2012 - 2026 | All Right Reserved.