‘लाइफ इन एलए’ को गीत सार्वजनिक



काठमाडौँ। सुर्य एन श्रेष्ठ निर्देशित सिनेमा ‘लाइफ इन एलए’को गीत सार्वजनिक गरिएको छ । आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने सिनेमाको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो ।

‘उदाएर आयो तिमी’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार ब्यास बिस्शु र अकेशा बिष्टलाई फिचर्ड गरिएको छ । प्रविसा अधिकारी र प्रताप दासको स्वर रहेको गीतमा प्रतिक पौडेलको संगीत छ । सिनेमाको गीत रिलिज कार्यक्रममा शिल्पा मास्के, निलम चन्द, लोकन्द्र लेखक एसोसियट निर्देशक दीपक वली लगायतको उपस्थिति रहेको थियो ।

त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’मा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, निलम चन्द, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । सिनेमामा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास, प्रविसा अधिकारी र कविता श्रेष्ठ स्वर छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको सिनेमामा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको सिनेमाका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् । सिनेमाको अमेरिका पार्टको छायांकन क्रिस वारेन र एडवर्ड युकेन गरेका हुन्, भने नेपालको पार्ट बाबु श्रेष्ठले खिचेका हुन् ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको सिनेमामा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । अमेरिकाको विभिन्न राज्यमा प्रदर्शन भैसकेको सिनेमालाई दर्शकले निकै रुचाएले नेपाली दर्शकबाट पनि राम्रो साथ पाउने विश्वास निर्माण टिमले राखेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.