हरिवंशलाई कोरोना देखिएपछि स्वाब दिएका मदनकृष्णको रिपोर्ट नेगेटिभ


काठमाडौं । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको कोरोना परीक्षण (पीसीआर) रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना भाइरसको संक्रमण आशंकामा शुक्रबार दिईएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको मदनकृष्ण स्वयंमले जानकारी दिएका छन् । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संक्रमणको आशंकामा मदनकृष्णले स्वाब दिएका थिए । हरिवंश र उनकी पत्नी रमिला आचार्यलाई केही दिन पहिले कोरोना संक्रमण देखिएको थियो ।

मदनकृष्णले सामाजिक सञ्जालमा आफूलाई कोरोना नदेखिएको उल्लेख गरेका छन् ।

https://www.facebook.com/yourMadanKrishnaShrestha/posts/3285013274947051

 

Copyright © 2012 - 2026 | All Right Reserved.