हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण


काठमाडौँ — कलाकार हरिवंश आचार्य दम्पत्तीलाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । हरिवंशले आफू र श्रीमती रमिलालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

सामान्य लक्षण देखिएपछि सोमबार पिसिआर परिक्षण गरिएको र मंगलबार दुवै जनाको रिपोर्ट पोजेटिभ आएको हरिवंशले फेसबुकमार्फत जानकारी दिएका छन् । उनले आफूहरुको स्वास्थ्य भने सामान्य रहेको बताएका छन् ।

हरिवंशले फेसबुकमा लेखेका छन्, ‘यहाँहरुको माया, आर्शिवाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं । कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।’
उनले आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन पनि आग्रह गरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.