किरण केसीका जुन तस्बिर र भिडियो हेरे पनि अँध्यारो मुख देख्न पाइँदैन । उनको प्रस्तुति सधैँ उज्यालो नै देखिन्छ । त्यसैले त उनी सबैलाई हँसाउन सक्ने कलाकार भए । कलाकारितामा विभिन्न थेगो टिपेर उनी चर्चित भए । टेलिसिरियल हुँदै अहिले केसी ठूलो पर्दामा पनि व्यस्त छन् । नाम र दाम दुवै सन्तोषजनक कमाएको बताउने उनी आफू कलाकारितामा पास भएको मूल्यांकन गर्छन् । तर, एसएलसीमा भने एकपटक होइन, उनी चारपटक फेल भएका रहेछन् । चारपटक एसएलसी फेल केसी कलाकारितामा कसरी भए पास ? नयाँ पत्रिकासँग सुनाएका छन्ः
किरण केसी, हास्य कलाकार
चार कक्षामा पढ्दा स्कुलबाट रेस्टिकेट
त्यो वेला सबैभन्दा गुणस्तरीय र महँगो मानिने एभिएम स्कुलबाट मेरो अध्ययन सुरु भएको थियो । ललितपुरस्थित यो स्कुलमा ४ कक्षासम्म पढेँ । त्यसपछि पनि पढिन्थ्यो होला नि, तर परिस्थिति उल्टो भयो । म निकै चकचके स्वभावको थिए“ । बदमासी दोहो¥याइरहनुपर्ने । साथीभाइस“ग मारमुंग्री पनि गर्ने, हुलहुज्जतमा रमाउने, उग्र नै थिए“ । एक दिन म स्कुलबाटै रेस्टिकेट भए“ ।
एसएलसीमा चारपटक फेल
एभिएमबाट रेस्टिकेट भएपछि पाटन हाइस्कुलमा भर्ना भएँ । त्यहाँ १० कक्षासम्म पढेँ । उमेर बढ्दै जाँदा रिस र बल प्रयोग गर्नेभन्दा राम–रमाइलोतिर मोडिएँ । नाच्न गाउन भनेपछि हुरुक्कै हुन्थेँ । अरूलाई हँसाउन बच्चैदेखि माहिर थिएँ । फेल–पास हुँदै १० कक्षासम्म त पढे“ । तर, एसएलसी पास हुने दिन कहिल्यै आएन । चारपटकसम्म कोसिस गर्दा पनि ‘फलामे ढोका’ तोड्न सकिनँ । चारपटकसम्म परीक्षा दिँदा पनि एसएलसी पार लगाउन नसकेपछि अध्ययन अन्त्य नै भयो ।
अहिले पछुतो पढाइकै लाग्छ
अहिले जीवनमा पछुतो लाग्ने पाटो भनेको पढाइ नै हो । धेरै पढ्न सकिनँ भन्ने कुराले घोचिरहन्छ । तर, चित्त त बुझाउनैप¥यो । अनि सकारात्मक सोच्न थाल्छु, ‘भगवान् पशुपतिनाथ, बुद्ध भगवान्देखि धनकी देवी लक्ष्मीले पनि एसएलसी पास गरेको कतै लेखिएको छैन भनेर चित्त बुझाउँछु ।’
जर्नेल बनाउन चाहनुहुन्थ्यो बुबा
०२८ देखि कलाकारितामा निरन्तर छु । स्कुल पढ्दादेखि नै यता केन्द्रित भए“ । बुबा आर्मीको लेफ्टिनेन्ट हुनुहुन्थ्यो । बुबा मलाई पनि जर्नेल बनाउन चाहनुहुन्थ्यो । तर, मैले उहा“को इच्छा पूरा गर्न सकिन“ । सानैदेखि नाच्न र गाउनतिर लागेपछि त्यतै मन बस्यो । आमाले पनि सहयोग गर्नुभयो, कलाकारितामा लाग्न ।
झ्यालबाट हामफालेर रत्यौली नाच्न पुग्थेँ
चाड, पर्व र विभिन्न अवसरमा राति गाउँमा विभिन्न कार्यक्रम हुने । गाउ“मा मादल घन्किन थालेपछि मेरा खुट्टा उचालिन थालिहाल्थे । अनि घरका कसैले थाहा नपाउने गरी झ्यालबाट हामफाल्थे“ । रत्यौली, भैलीलगायत विभिन्न कार्यक्रममा गएर नाच्थेँ । यस्तो कर्मको प्रतिफल ०२८ मंसिर १६ गते जावलाखेलको प्रांगणमा देखाउन पाए“ । त्यहा“ स्टेज नै बनाएर ‘धानको बाला लल्लरी बिल्लरी, विनापोते सोधेन सुनको तिल्हरी’ भन्ने गीतमा नाचेर मैले पा“च रुपैयाँ पाए“ । त्यो नै मेरो जीवनको पहिलो कमाइ थियो । कलायात्राको टर्निङ प्वाइन्ट पनि त्यही बन्यो ।
जब मह जोडीसँगै कला देखाउन पाएँ
०३२ सालबाट राष्ट्रिय नाचघरमा वरिष्ठ कलाकार हरिवंश आचार्य, म र सुशीला रायमाझी (निधन भइसक्यो) स“गै जागिरे भयौँ । त्यसपछि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्माण गरेको चर्चित टेलिचलचित्र ‘१५ गते’मा अभिनयको अवसर मिल्यो । का“चको पर्दामा पहिलोपटक अनुहार देखाउन पाएको यही कार्यक्रमबाट थियो । त्यसपछि पनि मह जोडीबाट निर्देशित थुप्रै टेलिचलचित्र र नाटकमा खेल्ने अवसर मिल्यो ।
बिक्न थालेँ सबैतिर जीवन सुखमय भयो
मह जोडीका चलचित्र र नाटकमा सफल अभिनय गरेपछि अन्य निर्माताले पनि प्रस्ताव गर्न थाले । अभिनयमा सक्रियता बाक्लि“दै गयो । अहिलेसम्म एक सय ५ वटा ठूला फिल्ममा मात्रै अभिनय गरिसकेको छु । १० वर्षसम्म एउटै हास्यव्यंग्य शृंखलामा काम गर्ने अवसर पनि मिल्यो । ‘जिरे खुर्सानी’को त्यो अभिनयमा बोलेको ‘ए रातामकै’ डायलगले झनै चर्चा बढाइदियो ।
कलकारितामा कहिल्यै फेल हुनुपरेन
कलाकारिताको कुनै पनि मोडमा पछाडि फर्केर हेर्नुपरेको छैन । काठमाडौं उपत्यकामै घर भएकाले पनि संघर्षको समयमा त्यति साह्रो असहज भएन । त्यसो त अभिनय पनि छिटै बिकेपछि छोटो समयमै स्थापित भए“ । माग बढी भएपछि त पछाडि फर्किनुपर्ने कुरै रहेन । यो मानेमा कलाकारितामा कहिल्यै फेल हुनुपरेन । अहिले पनि साना र ठूला पर्दाका चलचित्रमा व्यस्त छु । सकुन्जेलसम्म अभिनयमै रमाउने योजना छ ।
प्रस्तुतिः कृष्ण कट्टेल नयाँ पत्रिका बाट जस्ताको तेस्तै