चलचित्र ‘मुगलान’ पुष १० गतेदेखि प्रदर्शनमा आउने


काठमाडौं । रेहान प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘मुगलान’ आगामी पुष १० गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार चलचित्रको फर्स्ट लुक सार्वजनिक गर्दै चलचित्रको प्रदर्शत मिति घोषणा गरेको हो। ‘मुगलान’ नाममा २० बर्ष अघि चलचित्र बनेको थियो। शिव रेग्मीको निर्देशनमा बनेको चलचित्र सफल बनेको थियो।

सार्वजनिक फर्स्ट लुक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ। प्रभातले बासुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका लजालुपनमा छिन्। यसले उनीहरुबीचको प्रेमकथा झल्काएको छ। उनीहरु चलचित्रमा नेपाली गाउँ समाज र परदेश पृष्ठभूमि समेटिएको संकेत गर्छ।

चलचित्रमा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खड्ग बहादुर,राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रलाई आशिष ढकालले लेखन र निर्देशन गरेका हुन् भने गोमन सिंह यसको निर्माता हुन्। को–प्रोड्युसरमा रिता चौधरी रहेकी छन्। चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन्। जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो चलचित्रमा बिजिएम रिदम कँडेलको छ। चलचित्रमा छायांकन देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मी रहेका छन् ।चलचित्रमा संगीत किरण भुषालले दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.