उल्झन बेलायतका सहरमा रेडकार्पेट प्रिमियर


सेलिब्रेटी नेपाल काठमाडौँ

अनेक सपना बोकेर विदेशिएको एउटा युवाको भोगाई र त्यसले परिवार र समाजलाई पारेको समस्यालाई विषयबस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘उल्झन’को बेलायतका विभिन्न सहरमा रेडकार्पेट प्रिमियर हुने भएको छ । चलचित्र निर्देशक राजु अधिकारीका अनुसार आगामी मार्च १८ मा बेलायतको अलडरसटमा रहेको एम्पायर हलमा हुनेछ ।

त्यस्तै साउथ ह्यरोमा रहेको ह्यरो फुटबल क्लबमा मार्च २५ मा चलचित्र को प्रिमियर हुँदैछ । यी दुई स्थानबाहेक रेडिङ, स्विडेन, बेजिङस्टोक, ननिनटङ, बर्मिंगम, योर्क तथा स्कटल्याण्डलगायतका स्थानमा फिल्म प्रदर्शन गरिनेछ । चलचित्रमा ध्रुव दत्त, रजनी केसी, बेनी ढुंगाना, दिनेश शर्मा, रामचन्द्र अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

आसुतोष फिल्म्सको ब्यानरमा निर्मित चलचित्र मा तेजेन्द्र कँडेल प्रस्तुतकर्ता छन् । नारायण ढुंगाना कार्यकारी निर्माता रहेको चलचित्र मा हरिकृष्ण कार्की र नविन अधिकारी निर्माता रहेका छन् ।