युकेमा छायांकन गरिएको ‘ह्याप्पी डेज’ नयाँ गीत सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

मिलन च्याम्स निर्देशित चलचित्र ‘ह्याप्पी डेज’को नयाँ गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्र युनिटले गीत सार्बजनिक गरेको हो कार्यक्रममा निर्देशक मिलन चाम्स, अभिनेता दयाहाङ राई र संजय गुप्ता उपस्थित भएका थिए भने नायिका प्रियंका कार्की भने उपस्थित थिइनन्। ‘तिमि बिना…’ बोलको गीतमा प्रियंका कार्की र संजय गुप्ता फिचरिङ छन् । ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा दिनेश राउतको शब्द रहेको छ भने गीतमा तारा प्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको छ । युकेका विभिन्न स्थानमा छायाँकन गरिएको गीतको कोरियोग्राफी पनि मिलन चाम्सले नै गरेका हुन् ।

साढे २ करोडको बजेटमा निर्माण भएको चलचित्रमा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् । माघ १२ मा नेपाल रिलिज हुने चलचित्र १२ नोभेम्बरमा बेलायतमा प्रिमियर हुने भएको छ ।
चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित चलचित्रमा दयाहाङ, प्रियंका र संजयका अलावा विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स,गिरिराज घिमिरे र जेन बकलको मुख्य भूमिका रहेको छ ।