साम्राज्ञी आकाश र नाजिर स्टारर ‘ तिमि संग’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘तिमि संग’ को ट्रेलर सार्वजनिक गरिएको छ । शिशिर राना निर्मित तथा निर्देशित चलचित्रको राजधानीमा एक कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्बजनिक गरिएको हो साम्राज्ञी राज्य लक्ष्मी शाह,नाजिर हुसेन र आकाश श्रेष्ठको मुख्य अभिनय रहेको चलचित्रको यस अघि दुइ वटा गीत सार्बजनिक भई सकेका छन् ।

सांगीतिक प्रेमकथामा बनेको चलचित्रको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन् । ‘तिमि सँग’ मा शुशील छेत्रीको छायाँकन, बनिश विक्रम शाह/मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी/दिपक पाठक र रिदम कँडेलको संगीत रहेको छ । अन्नपूर्ण बेस क्याम्पको रमणीय दृश्यहरु कैद गरिएको चलचित्र चैत्र २३ गते बाट सार्बजनिक प्रदर्शनीमा आउने छ।