‘द प्रिन्स’ घोषणा शिबुसंग कशिशको जोडी


सेलिब्रेटी नेपाल काठमाडौँ

एन पी फिल्म्स प्रोडक्सनको ब्यानरमा चलचित्र ‘द प्रिन्स’ बन्ने भएको छ । सोमबार एक कार्यक्रमका बीच चलचित्र ‘ द प्रिन्स’ को निर्माण घोषणा गरिएको छ । कुशल निर्देशक मदन घिमिरेको निर्देशनमा बन्न लागेको चलचित्रमा बिष्णु शिवाकोटीको लगानी रहने छ । यस चलचित्रबाट नेपाली चलचित्र नगरीमा एउटा नयाँ अनुहारको आगामन भएको छ । यस सिनेमाको लागि नव कलाकारको रुपमा नव नायक शिबु थापा भित्रिने भएका छन् । लामो समय देखि मोडलिंग र कलाकारितामा लागी परेका शिबु कुशल खेलाडी पनि हुन् , उनि बिगत १० बर्ष देखि मार्शलआर्ट र जिम्नाष्टिकको राम्रो खेलाडी पनि हुन् ।

पुर्ब बिराटनगरका शिबु शाह यस चलचित्र ‘द प्रिन्स’ को प्रमुख कलाकारको रुपमा कशिस दाहाल संग जोडी बाध्ने भएका छन् । सम्राट थापाको कथा तथा संगीत रहने चलचित्रमा सम्राट बस्नेतको द्वन्द रहने छ भने सिनेमाटोग्राफी रामसरण उप्रेतीको रहने छ । कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्रमा शिबु र कशिसको अलावा अभिनेता सरोज खनाल , मनिषा पाण्डे , निशा केशी भण्डारी , र महेन्द्र मैनाली लगायतकाको प्रमुख अभिनय रहने छ । चलचित्र द प्रिन्स आधुनिक परिवेश , प्रेम , रोमान्स , मनोरंजनपूर्ण बन्ने निर्देशक मदन घिमिरेले बताए ।