तीज गीतमा बेसरी नाचे कलाकार (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
एक दशक पहिले नेपाली संगीत बजारमा तीज आउन लाग्यो भने पछी तीज गीतका अडियो क्यासेट सी.डी.भी.सी.डी.उत्पादन गर्ने कम्पनि हरु लाइ भ्याई नभ्याई हुने गर्दथ्यो। त्यस्तै कलाकार हरु लाइ पनि तीजको चटारो पर्ने गर्दथ्यो अब समय परिवर्तन भइ सकेको छ। आजकल क्यासेट सी.डी.बिक्रि बन्द नै भइ सकेको छ तर पनि तीजका गीत हरु रेकर्ड हुने र भिडियो बनायर यु ट्युब मार्फत सार्बजनिक गर्ने चलन छ।
Nepali-teej
शंकर अधिकारी घायल को गित केदार मल्ल को संगीतमा गायिका नित्याशिवा को आवाज रहेको तीज गीत यो तीजमा बेसरी नाचिन्छ यु ट्युब मार्फत सार्बजनिक गरियको छ। लुम्बिनी मुभी मेकर्स को प्रस्तुतिमा निर्माण भएको भिडियो लाइ प्रदिप र सुजनले निर्देशन गरेका छन् भने भिडियो लाइ बिकाशले छायांकन र सम्पादन गरेका हुन् भिडियोमा मोड्ल दिपक सुरुची रश्मि टिनाको अभिनय रहेको छ।