स्वार्थी रहिछौ सानु तिम्ले बाचा तोड्यौ छायांकन (फोटो फिचर)


सेलिब्रेटी नेपाल काठमाडौँ
स्वार्थी रहिछौ सानु तिमी तिम्ले बाचा तोड्यौ बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । गायक सागर परियारको स्वर रहेको गीतमा कलाकार सुन्दर थामी,सीता पुरी र शम्भु थामीको अभिनय रहेको छ । युबराज खत्रीको निर्देशन रहेको भिडियोको भक्तपुरका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको छ । Sita-puri-2
बिछोडको गीत भएकोले केटा केटिको बिछोड लाइ नै गीतको मुख्य थिम बनाएको निर्देशक खत्रीले जानकारी दिए ।
Sundar-thami-sita-puri
संगीतकार अनिश योन्जन र शब्द सुरेश कुमार थामीको रहेको गीतमा छोडी जाने मायालुको बारेमा बर्णन गरिएको छ । थामी जातीबाट नेपाली कला क्षेत्रमा लाग्ने हरुको संख्या बढी रहेको छ सुन्दर थामीले आफ्नो जातीको राम्रै प्रतिनिधित्व गरि रहेका छन् । सुन्दरले थुप्रै म्युजिक भिडियो.शर्ट मुभी र ठुलो पर्दाको चलचित्रमा समेत अभिनय गरि सकेका छन् ।
Shambhu-Thami
अहिलेको डिजिटल प्रविधिले गर्दा भिडियोको काम निकै सजिलो र छिटो छरितो भएको छ । बिजया दशमीको अबसरमा भिडियो लाइ सार्बजनिक गरिने बताईएको छ ।
Sundar-thami