सुष्माको माया पीरती सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

नवोदित गायिका सुष्मा तामाङले गाएको पहिलो गीत ‘माया पिरती लाउन’ को भिडियो सार्वजनीक गरिएको छ । हालै राजधानीमा एक कार्यक्रम गरि सार्बजनिक गरिएको हो ।
गायिका सुष्माकै शब्द रहेको सो गीतमा सन्तोष सुब्बाको संगीत छ । दिलिप ओखेडाले निर्देशन गरेको भिडियोमा गायिका सुस्मा स्वयम् र निर्देशक दीलिपलाई फिचरिङ गरिएको छ । रामेश्वर कार्कीले खिचेको भिडियोको निर्माता पेमा तामाङ हुन् ।

१० कक्षामा अध्ययनरत गायिका सुष्मा आफूलाई सानैदेखि गायिका बन्ने चाहना भएको अहिले आएर पहिलो गीत सार्वजनीक गरिएको बताउछिन् । भिडियो प्रिमियर कार्यक्रमका प्रमुख अतिथि चलचित्र निर्देशक ऋषि लामीछानेले सुष्माको गायन कलाको तारिफ गरे । उनले सुष्मा जस्ता नवप्रतिभाले नेपाली गीतसँगीतको क्षेत्रलाई अझ उचाइमा पुर्याउने बिश्वास ब्यक्त गरे ।

बलिउड मोसन डान्स फिल्म प्रालिको प्रस्तुति रहेको भिडियोलाई गीतको भावअनुसार सुन्दर बनाउने प्रयास गरिएको निर्देशक तथा मोडल दिलिपले बताए । गायिका सुष्मा स्रोतादर्शकले आफ्नो गीत तथा भिडियो मन पराइरहेकोमा हर्षित छिन् ।