सुर्य ईन्टरनेशनल अवार्ड २०१८ जापानमा सम्पन्न


सेलिब्रेटी नेपाल
काठमाडौँ

सुर्य ईन्टरनेशनल अवार्ड २०१८ सम्पन्न भएको छ । जापानको टोकियो अवस्थित नाकानो जिरो हलमा अवार्ड समारोह सम्पन्न भएको हो । १२ बिधा र मास पपुलर ४ बिधामामा दीइएको अवार्डम उत्कृस्ट चलचित्र ‘म यस्तो गित गाउँछु’ र उत्कृस्ट नायक पल शाह र नायिका पुजा शर्मा भएका छन् ।

दर्शकले दिएको भोटको आधारमा दीईएको अवार्ड मा पल र पुजा दुबै चलचित्र म यस्तो गित गाउँछु बाट उत्कृस्ट भएका हुन् । यस्तै उत्कृस्ट निर्देशक चलचित्र ‘म यस्तो गित गाउँछु’ बाट नै सुदर्शन थापाले अवार्ड पाएका छन् । अन्य बिधाहरुमा उत्कृस्ट सपोर्टिङ पुरुष तर्फ प्रशान्त ताम्राकार र महिला तर्फ बर्षा राउत घोषित भएका छन् ।

आयोजकले भोटिङ्गको आधारमा बाहेक आयोजकले मास पपुलरको आधारमा ४ वटा अवार्ड वितरण गरिएको छ । गत बर्ष प्रदर्शनमा आएको फिल्महरुबाट रहने गरि नायक, नायिका, निर्देशक र फिल्म गरि ४ बिधामा अवार्ड वितरण गरिएको हो । जसमा उत्कृस्ट नायकमा अनमोल केसी, नायिकामा साम्राज्ञी राज्य लक्ष्मी शाह, निर्देशकमा प्रदिप भट्टराई र चलचित्रमा ‘छक्का पन्जा २’ रहेको छ । यस्तै अवार्ड समारोहमा नेपालकी पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई लाईफ टाईम एचिभमेन्ट अवार्ड(२०१८ प्रदान गरिएको छ ।

यस्तै ३ दशकदेखी नेपाली फिल्म क्षेत्रमा क्रियाशिल अभिनेता भुवन केसीलाई सुर्य कलाकारिता सम्मान (२०१८) प्रदान गरिएको छ । निरन्तर चलचित्र पत्रकारितामा कलम चलाउँदै आएका समिप्यराज तिमल्सेनालाई नगद २५ हजार जापानिज येन सहित सुर्य चलचित्र पत्रकारिता (२०१८) बाट पुरस्क्रित गरिएको छ । यस्तै निरन्तर फोटो पत्रकारितामा सक्रिय रहेका फोटो पत्रकार श्रीधर पौडेललाई पनि नगद १५ हजार सहित पुरस्क्रित गरिएको छ ।

अवार्ड समारोहमा गीतको ६ विधामा लोकतर्फ गायक रामजी खाँण र गायिका सम्झना लामिछाने मगर उत्कृस्ट घोषित भएका छन् । यस्तै पप तर्फ कमल खत्री गायक र गायिका इन्दीरा जोशी उत्कृस्ट भएका छन् । यता आधुनिक तर्फबाट राजेश पायल राई र मेलिना राई गायक गायिका उत्कृस्ट घोषित भएका छन् । अवार्डमा नेपालबाट ४ दर्जन कलाकारहरु उपस्थित भएका थिए ।