‘सुपर गोर्खे’ ट्रेलर सार्बजनिक बिहे पछी ऋचाको कमब्याक


सेलिब्रेटी नेपाल काठमाडौँ

नायिका ऋचा सिंह ठकुरी अभिनीत तथा निर्मित चलचित्र ‘सुपर गोर्खे’ को अफिसियल ट्रेलर सार्बजनिक गरिएको छ । बैशाख ७ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्रको ट्रेलरमा कमेडी संवाद र द्वन्द्वका दृश्यहरु समावेश छन् । राज थापा निर्देशित चलचित्रमा ऋचा सिंहसँगै सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र क्षेत्री, सचिन केसी, कामना भुजेल, भानुदेव विष्ट, उत्तम विष्ट, विनय दाहाल, सन्तोषी श्रेष्ठ र राज थापाको अभिनय रहेको छ ।

किरण माईकलको लेखन रहेको ‘सुपर गोर्खे’ लाई सौरभ लामाले खिचेका हुन् भने, द्धन्द्ध निर्देशन चन्द्र पन्तको छ । निर्माताको रुपमा ईश्वरी सिंह ठकुरी, रामकृष्ण र सुदिप जंग थापा रहेका छन् । विवाहपछि ऋचाको यो कमब्याक चलचित्र हो ।