सुनिताको आयो हरितालिका सार्वजनिक


Sunita-dulal-bimochan
(सेलिब्रेटी नेपाल) ३० साउन-गायिका सुनिता दुलालले आफ्नो तेह्रौँ एल्बम ‘आयो हरितालिका’ सार्वजनिक गरेकी छिन्। मंगलवार राजधानीस्थित वर्ड ट्रेड सेन्टरमा हमालसँगै पूर्व मिस नेपाल रुबी राणा,संगीतकार महेश खड्का, अभिनेत्री राधा लम्साल भावु, गायक दिपक लिम्बू,गीतकार कुमार विवाहित र गायिका दुलालले संयुक्त रूपमा भिडियो एल्बम सार्वजनिक गरेका हुन्।

समारोहको सभापति बनेका हमालले तीन वर्षदेखिको तीज अनुभव बाँडेका थिए। ‘आयो हरितालिका’ भिडियो संग्रहमा सात वटा गीतका भिडियो समाबेश गरिएको छ। तीमध्ये ‘नाँच्नलाई पैताला, भाँच्नलाई कम्मर’ र ‘यसपालिको तीजमा’ नयाँ भिडियो हुन् । कुमार विवाहितका शब्दमा महेश खड्काले संगीत भरेका छन् भने एउटा गीतमा दीपक लिम्बूले पनि स्वर भरेका छन्। भिडियोमा राजेश हमाल, सुनीता दुलाल, राधा लम्साल भावु र आशिष खड्काले अभिनय गरेका छन्। शंकर बिसी र गोविन्द राईले भिडियो निर्देशन गरेका हुन्।