साउथ फिल्मका किङ्गः हिरो हिरोइनको भन्दा बढी पारिश्रमिक लिन्छन


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

साउथ फिल्म उद्योगमा धेरै यस्ता हास्य कलाकार छन् जसले आफ्नो हास्य कलाको बलमा दर्शकहरुको भीडलाई हलसम्म डोहोर्‍याउने गर्छन् । तर साउथ फिल्मको लगभग कुनै पनि फिल्ममा नछुट्ने कमेडियन ब्रम्हानान्दम एकजना यस्ता कलाकार हुन् जसले फिल्मका हिरो हिरोइन लगायतका प्रमुख चरित्रलाई पनि पछि पार्ने गरेका छन् ।

उनको फ्यानहरुको आकाशिंदो वृद्धि यति धेरै छ कि त्यसले गर्दा प्रत्येक फिल्ममा उनलाई कास्ट गर्न निर्देशक निर्माता उत्साहित हुन्छन् । कमजोर आर्थिक अवस्थाको पृष्ठभूमि भएको परिवारबाट आएका उनको शिक्षाको कुरा गर्ने हो भने उनी मानविकीमा स्नातककोत्तर तह उत्तीर्ण छन् ।

शिक्षकको रुपमा करियर शुरु गरेर साउथ फिल्ममा कमेडि किंगको पहिचान बनाएका उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि सामेल भई सकेको छ । उनले आफ्नो दुई दशक लामो फिल्मी करियरमा एक हजारभन्दा धेरै फिल्ममा काम गरिसकेका छन् । आज उनी ३२० करोड रुपयाँ सम्पत्तिका मालिक हुन् ।तपाईलाई यो विश्वास नलाग्न सक्छ कि उनी फिल्मका लागि एक करोड रुपैयाँ चार्ज लिन्छन् । साउथ सिनेमामा कुनै कमेडियनलाई यति धेरै शुल्क मिल्नु कुनै आम कुरा हैन । ब्रम्हानान्दम प्रत्येक २४ घण्टामा पाँच लाख रुपैयाँ कमाउँछन् । साथै उनको साथमा धेरैवटा लग्जरी गाडीहरु पनि छन् ।

१९९० देखि २००५ बीचमा आएका लगभग अधिकांश फिल्महरुमा उनले काम गरेका छन् । आज पनि उनका लागि धेरै फिल्महरु उनको सहमतिलाई कुरेर बसिरहेका छन् ।