‘शिला गजब छ’ सकस आइटम गीत भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

कार्तिक २४ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र ‘सकस’ ले आफ्नो प्रचार प्रसार लाइ तिब्र बनाउदै लगेको छ निर्माण युनिटले रिलिज मीति नजिकिंदै गर्दा चलचित्रमा समाबेश आइटम गित सार्वजनीक गरेको छ । शिला गजब छ बोल रहेको रहेको यस गितमा शब्द केशब जोशीको रहेको छ भने संगित चेतन सापकोटाको रहेको छ जुनु रिजालको आवाजमा रहेको यस गितको भिडियोमा प्रिया रिजाल,सुन्दर श्रेष्ठ,सुनील दत्त पाण्डे,विरेन्द्र शिंह,प्रज्जवल गिरि लगायत कलाकारहरु फिचरिङ्गमा छन् ।

दोभान फिलिम्सको ब्यानरमा निर्माण भएको ‘सकस’ का प्रस्तुतकर्ता अक्कल शिंह हुन भने निर्मातामा सुन्दर श्रेष्ठ र निर्देशक एन.बि मर्हजन रहेका छन् । यस चलचित्रमा सुन्दर श्रेष्ठ,विल्सन विक्रम राई,सुष्मा कार्की,प्रज्जवल गिरि,सुनील दत्त पाण्डे, बिरेन्द शिंह आदि कलाकारले अभिनय गरेका छन् ।