‘तिमि संग’ ट्रेलर साम्राज्ञी र नाजिरको तारिफ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘तिमि संग’ को ट्रेलरले दर्शको राम्रो प्रतिक्रिया पाएको छ । गएको हप्ता सार्बजनिक ट्रेलरमा प्रेम, रोमान्स, विछोड र कमेडीले स्थान पाएको छ । युट्युब रिलिज लगत्तै चलचित्रको ट्रेलरले प्रसंशा पाई रहेको छ । झन्डै ६ लाख पटक क्लिक भइसकेको ट्रेलरले अहिले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । १२ हजार लाइक्स मिलेको ट्रेलरको कमेन्ट बक्समा अधिकांशले तारिफको शब्द कोरेका छन् ।

केहीले साम्राज्ञीलाई ‘नेपालको नम्वर वान नायिका’ भनेर लेखेका छन् त कतिले अभिनेता आकाश श्रेष्ठ ‘मन पर्‍यो’ भन्दै कमेन्ट लेखेका छन् । प्रायः अधिकांशले भने अभिनेता नाजिर हुसेनको तारिफ गरेका छन् । ११ सयभन्दा बढी कमेन्टमा नाजिरलाई निकै राम्रो कमेन्ट प्राप्त छ । नेपालको युट्युब ट्रेन्डिङको ‘नम्वर वान’ मा पर्न नसकेपनि ‘तिमीसँग को ट्रेलर ट्रेन्डिङको लिस्टबाट भने बाहिरिएको छैन । अहिले चलचित्रको ट्रेलर नेपालको युट्युब ट्रेन्डिङको २८ औँ स्थानमा रहेको छ ।

सांगीतिक प्रेमकथामा बनेको चलचित्रको पटकथा निर्देशक शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन् । ‘तिमि सँग’ मा शुशील क्षेत्रीको छायाँकन, बनिश विक्रम शाह/मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी/दिपक पाठक र रिदम कँडेलको संगीत रहेको छ । अन्नपूर्ण बेस क्याम्पको रमणीय दृश्यहरु कैद गरिएको चलचित्र चैत्र २३ गते बाट सार्बजनिक प्रदर्शनीमा आउने छ।