साम्राज्ञी र धिरजको ‘इन्टु मिन्टु लण्डनमा’ नयाँ गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को नयाँ गीत सार्वजनिक गरिएको छ । स्वप्न सुमनको शब्द, संगीत तथा स्वर रहेको सार्वजनिक गीतमा चलचित्रका मुख्य दुई पात्र साम्राज्ञी राज्यलक्ष्मी शाह र डेव्यु नायक धिरज मगरलाई फिचर्ड गरिएको छ । चलचित्र हेरेका अधिकांश दर्शकले धिरज र साम्राज्ञीको केमेष्ट्रीलाई उत्कृष्ट बताएका छन् ।

प्रदर्शन अगावै बनेको चलचित्रको हाइपले चलचित्रले राम्रो व्यापार गर्न सफल भएको छ । चलचित्र हेरेका अधिकांश युवा पुस्ताका दर्शकले साम्राज्ञी, डेव्यु नायक धिरज मगर र शारुक ताम्राकारको कामलाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

आई कोर फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई प्रज्वल समशेर जबरा र प्रभु समशेर जबराले मिलेर निमार्ण गरेका हुन् । भने चर्चित कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशनमा डेव्यु गरेकी छिन् । चलचित्रका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।