सलमानको एक किसले भाग्य चम्किएकि मोडल


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

भाग्य कतिबेला फेरिन्छ केही भन्न सकिँदैन । केही यस्तै भएको छ अभिनय क्षेत्रमा केही वर्षदेखि संघर्ष गरिरहेकी मोडल योगिता बिहानीसँग । सलमान खानसँग दस का दमको प्रोमोमा यागिता देखिएकी थिइन् । प्रोमोमा सलमानले योगितासँग कति प्रतिशत भारतीय युवकहरु युवतीलाई इम्प्रेस गर्न अंग्रेजी भाषाको प्रयोग गर्छन् । योगिता यो प्रश्नको जवाफ दिन्छिन् र सलमान उनलाई एक चेक दिएर किस गर्छन् ।

यसैका साथ योगिताको भाग्य खुलेको छ । उनलाई टेलिभिजनकी निर्माता एकता कपुरले नयाँ शो ‘दिल ही तो है’का लागि अफर दिएकी छिन् । सँगसँगै योगिताले तमिल फिल्मका सुपरस्टार नागार्जुनसँग एड शुट गरेकी छिन् । योगिता लगातार कैयौं एडमा काम गरिरहेकी छिन् । योगिताले एक अन्तरवार्तामा भनेकी छिन् ‘यो मेरो जीवनको सबैभन्दा भाग्यशाली महिना थियो । यो महिनामा यतिसम्म सफलता पाएँ कि अहिले सातौं आकाशमा छु ।’