रेडियो कर्मी प्रमोद बेलायत पुगेर गायकको रुपमा चिनिदै


सेलिब्रेटी नेपाल काठमाडौँ

कुनै समय रेडियो कर्मिको परिचय बनाएका प्रमोदराज न्यौपाने उनि नेपाल छँदा झण्डै ८ वर्ष रेडियोमा बोले । अचेल बेलायत बस्ने प्रमोदराज न्यौपानेलाई मानिसहरु सञ्चारकर्मी भन्दा बढि गायकका रुपमा चिन्छन । उनी आफ्नो एल्बम ‘मेरो घरको छानो’ मा समावेश “रहेसम्म तिमीसंग” बोलको रोमान्टिक पप गीतको भिडियो सार्वजनिक भएपछि यतिखेर अझ चर्चामा छन । लन्डन, समुद्री किनार र बेलायतका ग्रामीण भेगतिर छायांकन गरेर बनाइएको भिडियोबाट सकारात्मक प्रतिक्रिया आएकाले उनी उत्साहित पनि देखिए । ‘बेलायतमा सिमित श्रोत साधन र समयबीच भिडियो निर्माण सहज रहेनछ’, उनले सुनाए, ‘तर अहिले सबैको बधाई र राम्रो प्रतिक्रियाले खुशी छु ।’

युरानको शब्द र सागर किनारको संगीत रहेको गीतमा भिडियो बनेको हो जसलाई निर्देशन गरेका छन लन्डनस्थित कान्तिपुर टिभीकर्मी र भिडियो निर्देशक कुशल श्रेष्ठले । छायाँङ्कन र सम्पादन पनि कुशलकै छ । भिडियोमा रोशना कार्की र टंक धमलाले मोडलका रुपमा रोमान्स गरेका छन ।
भाईब्स कृयसनबाट प्रकाशनमा आएको प्रमोदको ‘मेरो घरको छानो’ एल्बम केहि महिना अघि काठमाडौं र लन्डनमा विमोचन गरिएको थियो जसको शीर्ष गीतको भिडियो निर्देशन कान्तिपुर टिभीका भुषण दाहालले गरेका छन् ।