राज्जा रानी बनेका केकी र नाजिरको प्रेमभाव ट्रेलरमा सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

लेखक यम थापाको डेव्यु निर्देशन रहेको चलचित्र ‘राज्जा रानी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्बजनिक गरिएको हो ट्रेलर रिलिज गर्दै निर्माता रमेश एमके पौडेलले ‘राज्जा रानी’ पुष २१ मै रिलिज हुने जानकारी दिए ।

तराईमा रहेको दाईजो प्रथालाई मुख्य बिषय बस्तु बनाईएको छ । चलचित्रमा केकी अधिकारी, नाजीर हुसेन, दिपक क्षेत्री, संगीता नापित, कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा लगाएतका कलाकारको मुख्य अभिनय रहेको छ । ‘राज्जा रानी’मा दिपक शर्मा/ताराप्रकाश लिम्बुको संगीत, राजेन्द्र थापा/यम थापाको शब्द, पुरुषोत्तम प्रधानको छाँयाकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । केहि समय पहिले सार्बजनिक चलचित्रको चिप्पक चिप्पक बोलको गीतले दर्शकको साथ पाई सकेको छ अब चलचित्रले कति दर्शकको साथ पाउनेछ पुष २१ पछी मात्र भन्न सकिन्छ ।