प्रदीपको गज्जबको क्रेज, फ्यानहरुले घेरे प्रदिपलाइ


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता प्रदीप खड्काको क्रेज गज्जब देखिएको छ । उनीद्धारा अभिनित चलचित्र ‘रोज’ शनिबार मुलुकका करिब ८ दर्जन सिनेमा हलमा हाउफुल भएको छ ।
शनिबार काठमाडौंको गोपिकृष्ण मूभिजको ११०० सिट रहेको गोपि, ६९२ सिट रहेको कृष्ण र २५९ सिट रहेको ओम बिहानै देखि हाउसफुल भएको छ । क्युएफएक्सको लबिम, सिभिल सेन्टर, छायाँ सहित सबै हल,बिग, एफक्युज, अष्ट, गुण क लगायत सबैहल बिहानैदेखि हाउसफुल भएको छ ।

शनिबार दिउँसो १ बजे गोपिकृष्ण हल पुगेका अभिनेता प्रदीप खड्कालाई दर्शकको भीडबाट जोगाउन निर्माण पक्षलाई हम्मे हम्मे परेको थियो । गोपिकृष्णमा दर्शकको उर्लदो भिडले प्रदीपलाई भेट्न चाहेपछि उनी भिडमा पसेका थिए । उनीसँग फोटो खिच्ने, अटोग्राफी लिनेहरुको भीडाबाट थिचिएका प्रदीपलाई जोगाउन सहयोगीहरुलाई हम्मे हम्मे पर्यो । त्यहाँ दर्शकको गजबको क्रेज देखियो । यसैगरी शनिबार नै बिग मूभिज, सिभिल मल, अष्ट नारायण हल पुगको प्रदीप सहित अभिनेत्री मिरुना र पारमिताप्रदीप पनि दर्शकको अटोग्राफ लिने र सेल्फी खिच्ने क्रेज गजबकै देखियो ।

दर्शकको मायाँ र साथले आफु साह्रै खुसी भएको बताउँदै प्रदीपले यसपटक दर्शककै चाहना अनुसार बिगतको चलचित्र भन्दा ‘रोज’ मा यस पटक फरक भूमिकामा आएको बताए । रोजमा दर्शकको यस्तो मायाले आफुलाई अझ राम्रो काम गर्न हौसला मिलेको छ भने । अभिनेत्रीहरु परमिता र मिरुनाले पनि आफुहरुले दर्शकको यत्तिको मायाँ बिगतमा कहिल्यै नपाएको बताउँदो यो मायाँको लागि खुसी व्यक्त गरे ।

रोजका निर्देशक निरक पौडेलले शनिबारको सफलताबारे भने,‘रोज काठमाडौं र मोफसलको मल्टिप्लेक्सदेखि सिँगल थिएटरका सबैजसो हल शनिबार हाउसफुल भयो । लामो समय हल सुस्त रहेको बेला रोजले यो वर्षकै सर्वाधिक राम्रो व्यापार गरेकाले हामी सोमबारसम्म यसको सम्पूर्ण व्यापार सार्वजनिक गर्छौं ।’ चलचित्र रोज लभ स्टोरी, क्राईम जनरामा निर्माण भएको उनले बताए ।

यसका वितरक गोबिन्द शाहीले पनि रोजको सफलताले आफु अत्याधिक खुसी रहेको बताए । यो चलचित्रमा अभिनेता प्रदीप, परमिता, मिरुना लगायत कर्मा शाक्य, बरुण शमशेर जबरा, नरेश पौड्याल, केदार भुषाल, पल्पसा डंगोल, प्रकाश श्रेष्ठ, प्रदीप दाहाल लगायत छन् ।

रोजमा राजुबिक्रम थापाको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बुद्धिलाल मगरको निर्माण व्यबस्थापन रहेको छ । अग्रज चलचित्रकर्मी उद्धब पौडेलको प्रस्तुति रहेको रोजलाई मणिकरण केसी, आर्या पौडेल र आरोही केसीले निर्माण गरेको हुन् ।